प्रहरी हवल्दार घर्ती हत्या प्रकरणका थप एक आरोपित आशिष पाल पक्राउ

सामुदायिक प्रहरी सेवा केन्द्र बङ्गाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणका थप एक आरोपित पक्राउ परेका छन्। घटनाका मुख्य आरोपित समेत भनिएका आशिष पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार आशिष पाललाई दुहुँ गाउँपालिकाको जङ्गल क्षेत्रबाट पक्राउ गरिएको हो ।

यसअघि मङ्गलबार राति राजेन्द्र डडाललाई नौगाडको होपरिगाडबाट पक्राउ गरिएको थियो। घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यस अघि हत्यामा संलग्न रहेको आरोपमा २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई मंगलबार पक्राउ गरेको थियो।

घटनामा संलग्न पुजा बियर बारका सञ्चालक जानकी पाल र मनिष पाल भने अझै फरार रहेका डीएसपी महतले बताउनुभयो । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

मृतकको शव जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम गरी अन्तिम दाहसंस्कार गरिएको छ। पोस्टमार्टम रिपोर्टअनुसार प्रहरी हवल्दार घर्तीको टाउकोमा आठ स्थानमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ। जिल्ला अस्पताल दार्चुलाका डाक्टर रविन्द्र भट्टराईका अनुसार मृतकको टाउकोमा पछाडिबाट हतियार प्रहार गरिएको थियो।

मृतक प्रहरी हवल्दार घर्ती सामुदायिक प्रहरी सेवा केन्द्रमा ड्युटीमा जाने क्रममा उहाँको हत्या गरिएको आफन्तले बताएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?