दार्चुला । दार्चुलामा स्थानीय तहका मतदाता शिक्षा अधिकृतहरुको एक दिने तालिम सम्पन्न भएको छ । मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तहका मतदाता शिक्षा अधिकृतहरुको लागि एक दिने तालिम सम्पन्न भएको हो ।

बुधबार (आज) जिल्ला सदरमुकाम खंलगामा सञ्चालन भएको तालिममा जिल्लाका ९ वटै स्थानीय तहका मतदाता शिक्षा अनुगमन कर्ता सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदर मत नहोस भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालनको तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।

आगामी फागुन ३ गतेदेखि प्रत्येक वडामा सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आज स्थानीय तहका अनुगमन कर्ताहरुसंग अन्तरक्रिया गरिएको र उनिहरुले स्थानीय तहका वडाहरुमा खटिने स्वंयम सेवकहरुलाई तालिम दिने जोशीले बताउनुभयो ।

मतदाता शिक्षा कार्यक्रममा खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई आ–आफ्नो स्थानीय तहमा सक्रियताका साथ खटाउने बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

दार्चुलाका ६१वटै वडामा ६१ जना मतदाता शिक्षा स्वयंसेवक खटिनेछन् । उनीहरुले मतदान गर्ने बिषयमा मतदाताहरुलाई जानकारी गराउनेछन् । सही तरीकाले मतदान गर्ने बिषयमा स्वयंसेवकहरुले मतदातालाई उनीहरुकै घरदैलोमा पुगेर जानकारी गराउने सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?