दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा मतदाता शिक्षा स्वंयम सेवकहरुको लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार(आज) नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरमा मतदाता शिक्षा स्वंयमसेवकहरुको लागि सञ्चालन गरिएको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिकाका ९ वटै वडाबाट एक एक जना गरि ९ जना मतदाता शिक्षा स्वंयम सेवकहरुको सहभागिता रहेको नगरपालिकाका निर्वाचन सम्पर्क व्यक्ति विष्णु दत्त जोशीले जानकारी दिनुभयो ।

यस अघि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तहका मतदाता शिक्षा सम्पर्क व्यक्तिहरुको लागि एक दिने तालिम सञ्चालन गरिएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदर मत नहोस भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न वडा तहमा खटिने स्वंयम सेवकहरुको लागि तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

आगामी फागुन ३ गतेदेखि १७ गते सम्म प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै छ ।

मतदाता शिक्षा कार्यक्रममा खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई आ–आफ्नो क्षेत्रमा सक्रियताका साथ खटाउने बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

मतदाता शिक्षा स्वंयमसेवकहरुले मतदान गर्ने बिषयमा मतदाताहरुलाई जानकारी गराउनेछन् । सही तरीकाले मतदान गर्ने बिषयमा स्वयंसेवकहरुले मतदातालाई उनीहरुकै घरदैलोमा पुगेर जानकारी गराउने जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?