दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा विद्युतिकरणको काम प्राथमिकताका साथ भइरहेको छ । डोल्पा दार्चुला ग्रामीण विद्युत प्रोजेक्टले चैत्र मसान्त भित्रै गाउँपालिकाका सबै क्षेत्रमा केन्द्रीय प्रसारण लाईनको विद्युत पुगाउने लक्ष्य अनुसार काम गरिहेको परियोजनाका प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले जानकारी दिनुभयो ।
गत साता अपिहिमाल गाउँपालिकाका दुर्गम र टाढाका बस्तीहरूमा विद्युत् पहुँच विस्तारका लागि हेलिकप्टरमार्फत विद्युत् ट्रान्सफर्मर ढुवानी गरिएको उहाँले बताउनुभयो ।
अपिहिमालमा अहिलेसम्म सडक पहुँच पुगेको छैन भने ट्रान्सफर्मर बोकेर लैजान सम्भव नरहेकोले सबै वडाहरूमा हेलिकप्टरमार्फत ट्रान्सफर्मर ढुवानी गरिएको उहाँले बताउनुभयो ।
पुरा समाचार:




