दार्चुला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)ले आज धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ । यसअघि जनकपुरमा रास्वपाले पहिलो प्रदेशस्तरीय कार्यक्रम गरेको थियो ।

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टका अनुसार चुनावी सभाको लागि लामिछाने हिजै धनगढी आइसकेका छन् भने शाह आज आउँदैछन् । ११ बजेदेखि चुनावी सभा सुरु हुने सभापति विष्टले जानकारी दिनुभयो।

धनगढीको चुनावी सभालाई सम्बोधन गरेर फागुन ७ गते सुर्खेतमा चुनावी कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?