भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

दार्चुला | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्।

राजदूत भेट्न लामिछाने मंगलबार काठमाडौं जिल्ला अदालतमा तारेख बुझेर एकछिन अगाडि सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेका थिए।

रवि भारतीय राजदूतसँग भेटेर साढे ५ बजे बाहिरिएको बताइएको छ। फागुन २१ गतेको निर्वाचन नजिकिँदै गएको अवस्था,लामिछानेमाथि अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण तथा संगठित ठगीको मुद्दा फिर्ता लिने सरकारको प्रयास असफल झैं भएको सन्दर्भमा गरिएको भेटलाई अर्थपूर्ण ठानिएको छ।

भारतीय राजदूतसँगको भेटपछि लामिछाने त्रिभुवन विमानस्थल हुँदै धनगढी गएका थिए। रास्वपाले आज धनगढीमा सभा गर्दैछ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?