बैतडीमा ३८ वर्षीय निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिए पछि प्रहरीलाइ खबर गरेको र प्रहरीले अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?