दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्नुभएको छ । उहाँ ३० वर्ष राजनीतिक जीवन बेतित गरेको पुरानै पार्टी नेपाली कांग्रेसमा फर्किनुभएको छ ।
रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गर्नुभएको हो ।
पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेस प्रवेश गराउनुभएको छ। पराजुलीसहित रास्वपा मकवानपुरका नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए ।
कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जाल मार्फत घोषणा गर्नुभएको छ।




