दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा आधारभूत तह कक्षा ५ र ८ को वार्षिक परीक्षा चैत्र ४ गते देखि सञ्चालन हुने भएको छ । गाउँपालिका बुधबार एक सूचना प्रकाशन गर्दै कक्षा १ देखि ९ सम्मको परीक्षा तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
सोमबार बसेको गाउँपालिकाका आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार परीक्षा तालिक र केन्द्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले बताउनुभयो ।
कक्षा ८ को पालिकास्तरीय वार्षिक परीक्षा चैत्र ४ देखि १२ गते सम्म सञ्चालन हुने उहाँले बताउनुभयो । गाउँपालिकाका १५ वटा विद्यालयको लागि ४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
कक्षा ८ बाहेकका अन्य कक्षाको परीक्षा पनि चैत्र ४ गतेदेखि नै सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । परीक्षा विहान ८ बजेदेखि सञ्चालन हुने छ ।






