दार्चुला । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका दार्चुलाका ११ जना उम्मेदवारले बैंक खाता खोलेका छन् । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ को (ख)मा उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर सोही खाताबाट आम्दानी तथा खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

उक्त व्यवस्था अनुसार उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयको सिफारिशमा बैंक खाता खोलेर चुनावका बेला खर्च गर्न पाउने छन् । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका दार्चुलाका सबै ११ जना उम्मेदवारले बैंक खाता खोलेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रपकाश जोशीले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावको समयमा गर्ने आम्दानी र खर्च सोही बैंक खाताबाट गर्नुपर्ने हुन्छ । निर्वाचन सम्पन्न भएपछि आयोगलाई बुझाउने खर्च विवरण समेत सोही बैंक खाताका आधारमा बुझाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?