दार्चुला । दार्चुलामा १ सय ६० थान इजाजत प्राप्त हातहतियार प्रहरीमा बुझाइएका छन् । निर्वाचन सुरक्षालाई लक्षित गर्दै प्रशासनले गत माघमा आफुसंग भएका हातहतियार प्रहरीलाई बुझाउन आग्रह गरेको थियो । सोही अनुसार जिल्लामा १ सय ६० थान हातहतियार प्रहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिनुभयो ।

सङ्कलित हातहतियार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो। दार्चुलामा हातहतियार राख्नका लागि ८ सय ४८ वटा इजाजतपत्र (लाइसेन्स) जारी भएकोमा ९८ वटाको लगत कट्टा भइसकेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी विनोद दाहालले बताउनुभयो। बाँकी ७ सय ५० वटा इजाजतपत्र कायम छन्। तीमध्ये चालु आर्थिक वर्षमा १ सय ७४ वटा हातहतियारको नवीकरण गरिएको उहाँले जानकारी दिनुभयो।

नवीकरण भएका १ सय ७४ हातहतियारमध्ये ८ वटा बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिरहेका कारण ती बुझाउन नपर्ने सहायक प्रमुख जिल्ला अधिकारी दाहालले स्पष्ट पार्नुभयो। बैंक तथा वित्तीय संस्थासँग रहेका ८ थान बाहेक नवीकरण भएका ६ थान हातहतियार भने अझै बुझाइएको छैन।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन गरी हातहतियार सङ्कलन कार्य जारी राखेका छन्। सङ्कलित हातहतियार निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?