दार्चुला । दार्चुलाको लेकम ३ लालीमा अवस्थित नव प्रतिभा महिला बचत तथा ऋण सहकारी संस्थाले होली खेलेर ३४ हजार ८ सय बढी नगद रकम संकलन गरेको छ।
संस्थाको आयोजनामा सञ्चालित महिलाहरुको होली कमिटीले ३४ हजार ८ सय ४७ रुपैयाँ नगद संकलन गरेको संस्थाका अध्यक्ष हरिना विष्टले जानकारी दिनुभयो। संकलित रकमले गाउँमा हुने विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यमा आवश्यक सामग्री खरिद गर्ने निर्णय गरेको अध्यक्ष विष्टले बताउनुभयो ।
संस्थाले गत विगतका वर्षहरुमा पनि होली तथा देउसीभैलोबाट संकलित रकमले सामाजिक कार्य गर्दै आएको छ ।




