दार्चुला । दार्चुलामा मतगणनास्थल तयार पारिएको छ । बिहीबार (भोली) सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा तारजाली लगाएर मतगणना स्थल तयार पारिएको हो ।

जिल्ला सदरमुकाम खंलगा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा मतगणनास्थल तयार मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी, सहायक मुख्य निर्वाचन अधिकृत विष्णु अवस्थीले जानकारी दिनुभयो ।

मतगणना स्थलमा सिसिटिभी क्यामेरा पहिलेदेखि नै जडानमा रहेको छ भने उम्मेदवार र प्रतिनिधि बस्ने ठाउँ आदिको तयार गरिएको छ । तारजाली भित्र कर्मचारीहरुले मतगणना गरेको स्पष्ट देख्ने गरी व्यवस्था मिलाइएको अवस्थीले बताउनुभयो ।

निर्वाचन पश्चात आउने मतपेटिका राख्ने ठाउँलाई सरक्षित बनाइएसँगै मत गणनास्थल निर्माण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?