दार्चुला । विष्फोटक पदार्थ (बम)सहित फेला परेका पर्सा २ का नेकपा उम्मेदवार मनोज चौधरीविरुद्ध हातहतियार मुद्दा चल्ने भएको छ । उहाँ सवार गाडीमा गए राति फेला परेको बम भने नेपाली सेनाले डिस्पोज गरिसकेको जिल्ला प्रहरी, पर्साका डीएसपी हरि बस्नेतले बताउनुभयो।
वीरगञ्जको बरहनियार चोकमा नियमित चेकजाँचक्रममा प्रहरी, सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले बा १० च १२५० नम्बरको रातो कारबाट बमजस्तो देखिने चार पोका शंकास्पद वस्तु फेला पारेको थियो । शंकास्पद सामना फेला पर्नासाथ उम्मेदवार चौधरीसहित सत्यनारायण दास, सुरज कार्की र गाडी चालकलाई सेनाले नियन्त्रणमा लिएको थियो। उनीहरू अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
डीएसपी बस्नेतका अनुसार नेपाली सेनाले दिने रिपोर्टका आधार चारै जनाविरुद्ध फौजदारी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिने भएको छ । कार्यालय खुलेपछि जिल्ला अदालतमा म्याद थप गरिने उहाँले बताउनुभयो।
उम्मेदवार चौधरी माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा एसका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगर कमिटीका अध्यक्ष हुनुहुन्थ्यो ।




