दार्चुला । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरू हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ल सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता काठमाण्डौको त्रिवि मैदान र मूलपानी तथा धनुषाको जनकपुर र पर्सामा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट आउँदो वैशाख ४ गतेसम्म चल्नेछ ।
यसैबीच जय ट्रफी क्रिकेटको फाइनल खेल आउँदो चैत ३ देखि ५ गतेसम्म माथिल्लो मूलपानी मैदानमा हुने भएको छ । प्रतिनिधिसभा सदस्य चुनाव र आईसीसी विश्वकप क्रिकेट ‘लिग–टू’ का कारण जय ट्रफीको फाइनल यसअघि चैत २१ देखि २३ गतेसम्म तय भएको थियो ।




