दार्चुलाको लटिनाथ मावि चौपातामा एसइई प्रि-टेस्ट परीक्षा सञ्चालन

दार्चुला । दाचुृलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ माध्यमिक विद्यालय चौपाताले एसइई प्रि टेस्ट परीक्षा सञ्चालन गरेको छ । आगामी चैत्र १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीको आत्माविश्वास अभिबृद्धी गर्न र शैक्षिक गुणस्तर सुधारको लागि विहिबारबाट एसइई प्री टेस्ट परीक्षा सञ्चालन भईरहेको विद्यालयका सहायक प्रधानाध्यापक मोहनदेव विष्टले जानकारी दिनुभयो ।

प्रि टेष्ट परीक्षामा विद्यालयमा नियमित अध्यन गरिरहेका २६ जना विद्यार्थीको सहभागिता रहेको छ ।

विहिबारबाट सुरु भएको प्रि टेस्ट परीक्षा चैत्र ४ गते सम्मपन्न हुने छ भने त्यस पछि तयारी विदा दिईने जनाइएको छ । विद्यार्थीहरूको परीक्षा सम्बन्धी डर र संकोच हटाई दृढ आत्मविश्वासका साथ परीक्षामा सहभागी गराउने उद्देश्यले एसइई प्रि–टेस्ट परीक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?