निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्किने क्रममा भिरबाट लड्दा दार्चुलाका युवकको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन प्रहरीको जिम्मेवारी सकेर घर फर्किने क्रममा भिरबाट लडेर २७ वर्षीय युवकको ज्यान गएको छ । विहिबार निर्वाचन प्रहरीबाट विदाई भएर घर फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका २७ वर्षीय प्रकास धामीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

लेकम गाउँपालिका वडा नम्बर १ मा रहेको अस्थाई प्रहरी पोष्ट विथ्थड भरडकोटमा निर्वाचन प्रहरीको विदाईमा सहभागी भएर घर फर्किने क्रममा दानै भिरबाट लडेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका वडा नम्बर २ गराडी घर भएका धामीको कैलाली स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । विहिबार ४० दिने कार्यअवधि प्ुरा भए संगै सम्पुर्ण निर्वाचन प्रहरीहरुको सम्मानसहित विदाई गरिएको थियो । मृतक धामी पनि भरकोट प्रहरी चौकीबाट विदाई भएर घर फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएको उहाँले बताउनुभयो ।

दिउँसो २ः३० बजे प्रहरी चौकीबाट विदाई भएर गएका धामी बेलुका ५ बजेतिर दानै भिरबाट लडेर गम्भीर घाइते अवस्थामा भेटिएको र प्रहरी तथा स्थानीयले उद्धार गरि गोकुलेश्वर अस्पताल पुगाएकोमा त्यहा उपचार सम्भव नभए पनि थप उपचारको लागि कैलाली रेफर गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?