भूमि समस्या समाधान आयोगद्धारा दार्चुलाका दुई स्थानीय तहमा पुर्जा वितरणको तयारी

दार्चुला । दार्चुलाका दुई स्थानीय तहबाट सूचिकृत भएका ७ अव्यवस्थित बसोबासी र ४ जना सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरणको प्रक्रिया अगाडी बढाइएको छ । जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडी बढाइएको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लाल सिंह धामीले जानकारी दिनुभयो ।

शुक्रबार (आज) बसेको समितिको बैठकले महाकाली नगरपालिकाका ४ जना सुकुम्बासी र ३ जना अव्यवस्थित बसोबासी तथा नौगाड गाउँपालिकाका ४ जना अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । आयोगमा विवरण पेश गरेका भूमिहिन सुकुम्बासीहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन अर्थात चैत्र १४ गते भित्र जग्गा दर्ता गर्न आग्रह गरिएको छ।

सुकुम्बासीहरुले जग्गा प्राप्तीको लागि राजस्व बुझाउन नपर्ने उहाँले बताउनुभयो । अव्यवस्थित बसोबासीहरुको हकमा राजस्व लाग्ने छ भने सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र तोकिएको राजस्व बुझाउन आग्रह गरिएको छ । प्रक्रिया पुरा गरे पछि उनिहरुलाई पुर्जा वितरण गरिने छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?