दार्चुला । गोरखामा भएको माइक्रो बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
मनकामना दर्शन गरेर फर्किँदै गरेको बागमती प्रदेश–००६ ख ८४३० नम्बरको ईभी माइक्रो बस मनकामना–रामशाहाघाट सडकको शहीद लखन गाउँपालिका वडा–३ स्थित कन्टारमा शनिबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेहरुमा भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ८ जनाको भने उद्धार गरेर आँबुखैरेनी अस्पताल पुर्याइएको छ ।
घटनाको विस्तृत विवरण आउनै बाँकी रहेको पनि प्रहरीले जनाएको छ । माइक्रो बस सडकबाट करिब डेढ सय मिटर तल खसेको छ । माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार थिए ।





प्रतिक्रिया