सरकार बनाउन अझै १० दिनजति लाग्छ, मन्त्रीको नामबारे छलफल भएको छैन: रास्वपा

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आगामी सरकारमा बन्ने मन्त्रीहरुको बारेमा औपचारिक छलफल नभएको प्रष्ट पारेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले सञ्चारमाध्यममा आगामी मन्त्री भनेर आइरहेका नामहरुमा कुनै सत्यता नभएको बतानुभयो ।

आज पार्टीको सचिवालय वैठक सुरु हुनुअघि उहाँले यस्तो बताउनुभएको हो। समानुपातिक सांसदहरु टुंग्याएर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेपछि औपचारिक छलफल हुने उहाँको भनाइ छ ।

‘अनौपचारिक कुराकानीहरु भएका हुन सक्छन्, तर पार्टीको तहमा भावि मन्त्रीपरिषदलाई लिएर कुनै पनि औपचारिक छलफल भएको छैन । सबै प्रक्रिया सकेर नयाँ सरकार बनाउन अन्दाजी १० दिन जति लाग्न सक्छ’ झाले भन्नुभयो ।

झाले आफू दोहोरिने सांसदमध्ये एक भएकाले केही अपेक्षा भए पनि कुनै मन्त्रालयगत दाबी नराखेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘रास्वपाको दोहोरिने सांसदमध्ये पर्दैगर्दा राजनीतिकरुपमा केही अपेक्षा स्वभाविक होला, तर मैले कुनै किसिमको मन्त्रालयगत दावी राख्नु राजनीतिकरुपमा र व्यवहारिकरुपमा उचित हुने सोचेको छैन । अहिले मेरो कामना भनेको नेताहरुको स्वास्थ्यलाभ चाँडै होस भन्ने हो । प्रक्रियाका कुराहरु चाँडै टुंग्याउन सकौं । आधारभूत प्रक्रिया चाँडै टुंग्याएर अघि बढोस भन्ने हो । पाउने मन्त्रालय र जिम्मेवारीहरु त्यसपछिका कुराहरु हुन् ।’

झाले चुनावी अभियानका क्रममा आफूलाई भावि सञ्चारमन्त्रीका रुपमा प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?