दार्चुला । संसदमा ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेता ज्ञानेन्द्र शाहीलाई बनाउने भएको छ । शाही राप्रपाबाट प्रत्यक्षमा चुनाव जित्ने एक्ला उम्मेदवार हुनुहुन्छ।

राप्रपाले अघिल्लो चुनावभन्दा यसपटक कमजोर प्रदर्शन गरेको छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी कुल १४ सिट जितेको थियो । यसपटक प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी राप्रपा ५ स्थानमा खुम्चिएको छ ।

अघिल्लो संसदमा पाचौं ठूलो दलको हैसियतमा रहेकोमा यसपटक छैटौंमा झर्यो । लामो इतिहास बोकेको राप्रपालाई भर्खरै खुलेको श्रम संस्कृति पार्टीले उछिनेको छ ।

ज्ञानेन्द्र शाहीको जितका कारण राप्रपाको राष्ट्रिय पार्टीको हैसियत जोगिएको हो। राष्ट्रिय पार्टीको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट जितेकै हुनुपर्ने संवैधानिक प्रावधान छ ।

शाहीले अघिल्लो पटक संसदमा राप्रपाको प्रमुख सचेतकको भूमिकामा रहेर निकै प्रभावशाली भूमिका खेलेका खेल्नुभएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?