चाैथाे टी–२० न्युजिल्यान्डलाई १९ रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला बराबरी गर्‍याे

दार्चुला । दक्षिण अफ्रिकाले चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली न्युजिल्यान्डलाई १९ रनले हराएको छ ।

दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १४५ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका टिम रोबिनसनले ३२, डेन क्लिभरले २६ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोट्जेले ३ विकेट लिए ।

यसअघि वेलिङ्गटनमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो । दक्षिण अफ्रिकाका कोनर एस्टरहुइजेनले ५७ रन बनाए । न्युजिल्यान्डका काइल जेमिसनले २ विकेट लिए ।

यो जीतसँगै दक्षिण अफ्रिकाले पाँच खेलको टी–२० शृङ्खलामा २–२ को बराबरी गरेको छ । पहिलो खेल दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल न्युजिल्यान्डले जितेको थियो । शृङ्खलाको पाँचौँ तथा निर्णायक खेल आउँदो बुधवार क्रिस्टचर्चमा हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?