कोलम्बियामा सैनिक विमान दुर्घटना : ९० जनाको ज्यान गयो

कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा सैनिक विमान दुर्घटना भएको छ । विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

११० जना सवार रहेको विमान अवतरणका क्रममा दुर्घटना भएको कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा केही संख्यामा यात्रु घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन, थप अनुसन्धान थालिएको छ । थप विवरणहरु आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?