साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायो

दार्चुला । साफ २० वर्षमुनिको च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।

माल्दिभ्सको मालेमा रहेको नेश्नल स्टेडियममा हिजो भएको खेलमा नेपालको जितमा सुवास बमले एक मात्र गोल गरे । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले जितसँगै ६ अंक बनाएको छ । नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो ।

नेपालले अब भोलि आयोजक माल्दिभ्ससँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने अर्को समूहमा भारत, पाकिस्तान र बंगलादेश छन् । राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?