दार्चुला । आज पनि देशका धेरै ठाउँमा मौसम बदली छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले देशभर बादल लागेको छ ।

कोशी र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भाग तथा अन्य प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएराति र हिजो पनि काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?