आईपीएलमा आज चेन्नाई र राजस्थान खेल्दै

दार्चुला । चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स आज (चैत १६) आईपीएल २०२६ मा भिड्दै छन् । खेलमा दुवै टोली सुखद सुरुआतको खोजीमा छन् ।

चेन्नाई आईपीएलको पाँचपटकको विजेता हो । यस वर्ष रुतुराज गाइक्वाडको कप्तानीमा मैदान उत्रन लागेको चेन्नाईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा आईपीएलको उपाधि जितेको थियो ।

राजस्थानले भने एकपटक मात्र आईपीएल जितेको छ । सन् २००८ मा सम्पन्न पहिलो संस्करण जित्दै यो टोलीले विजेता सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाएको थियो । यस वर्ष रायन पारागको कप्तानीमा मैदान उत्रनेछ ।

NMB Bank
यी दुईबीचको खेल भारतको गुवातीस्थित वार्स्पारा क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७:४५ बजे हुनेछ ।

प्रतियोगिताअन्तर्गत हिजो सम्पन्न खेलमा पाँचपटकको विजेता मुम्बई इन्डियन्सले तीनपटकको विजेता कोलकाता नाइट राईडर्सलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?