दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाले १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ ।

नगरप्रमुख दीपकबहादुर बमका अनुसार प्रतियोगितामा सहभागी ६८ जना खेलाडीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको हो । स्वर्ण पदक विजेतालाई जनही दुई हजार पाँच सय रुपैयाँ, रजत पदक विजेता २१ जनालाई जनही दुई हजार रुपैयाँ तथा काश्य पदक विजेतालाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको उहाँले जानकारी दिनुभयो

खेलाडीहरूको मनोबल उच्च बनाउन बिहीबार नगरपालिकाले सम्मान कार्यक्रम आयोजना गरेको नगरप्रमुख बमले बताउनुभयो । स्वर्ण पदक विजेता १२ जनालाई जनही २५ सय, रजत पदक विजेता ९ जनालाई जनही २ हजार र काश्य पदक विजेता ७ जनालाई जनही १५ सय का दरले नगद पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो ।

बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित निङ्गलाशैनी खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुर्चौडी नगरपालिकाले १२ स्वर्ण, ९ रजत र ७ काश्य गरी कुल २८ पदक जित्दै लगातार दोस्रोपटक उपाधि हात पारेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?