दार्चुला । दार्चुलामा एक जना महिला हत्या आरोपी फरार रहेका छन् । मंगलबार बेलुकी नौगाड गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीया अमरा खत्रीको हत्यामा संग्लन रहेका २८ वर्षीय अगबरसिह बोहरा फरार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
खर काट्न गएका खत्रीलाई भीरमा लात्ताले हानेर हत्या गरेलगत्तै बोहरा फरार रहेको प्रहरीले जनाएको छ ।
घट्नालगत्तै नौगाड गाउँपालिका होपरीगाडमा प्रहरी परिचालन गरिएको भएपनि फेला पर्न सकेको छैन् । यस्तै मंगलबार रातीबाटै प्रहरी चौकी सिप्टी, होपरीगाड, दल्लेख, मार्मा गाउँपालिकाको इप्रका लटिनाथ, शैल्यशिखरस्थित इप्रका गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट टोली परिचालन गरिएको छ ।
हत्या लगत्तै बोहरा जंगलमा भागेको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । सोहि अनुसार दल्लेख, धाप, रानिशिखर सबै क्षेत्रको बाट प्रहरीले घेरा हाल्दै लगेको छ । हत्यारा भारत फरार हुन नदिन सबैतिर सक्रियता बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
मृतक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । मृतक महिलाको शवको पोष्टमार्टम हुन सकेको छैन् । मृतकका दुई छोरा छन् ।




