नौगाड गाउँपालिकामा फेद काट्ने किराको प्रकोप

दार्चुला । दार्चुलासहित देशैभर अज्ञात किराले अन्नबालि नष्ट गरिरहेका खबरहरू आइरहेका बेला दार्चुलाको नौगाड गाउँपालिकामा पनि फेद काट्ने किराको प्रकोप बढेको छ।

गाउँपालिकाको वडा नम्बर ५ का किसानहरूले आफ्नो खेतमा लगाएको मकैबाली फेद काट्ने किराले नष्ट गर्दा २५० भन्दा बढी परिवार समस्यामा परेको किसान प्रतापसिंह धामीले लोकदर्पण टीभी अनलाइनलाई जानकारी दिनुभयो।

“खेतमा लगाएको मकैबाली एक महिनादेखि फेद काट्ने किराले नष्ट गरिरहेको छ” उहाले भन्नुभयो, ” फाैजी किराको जस्तै लक्षण देखिने सो किराका कारण खेतमा दोश्रोपटक मकै लाउन बाध्य छौ।” धामीले बताउनुभयो ।

याे पनि पढ्नुहाेस : दार्चुला र बैतडीमा फौजीकिराको प्रकोपले किसान चिन्तित

https://lokdarpantv.com/2020/06/03/864/ 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?