दार्चुलाको सञ्चार र विद्युत समस्या समाधान गर्न डिसिसिएमसीको अनुरोध

दार्चुला । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) दार्चुलाको शुक्रबार बसेको बैठकले दार्चुलामा निषेधाज्ञा गर्ने सहित विभिन्न पाँच वटा निर्णय गरेको छ ।

दार्चुलाको मार्मा क्षेत्रमा विद्युत लाईन विस्तार नहुदा दुरसञ्चार सुविधाबाट बञ्चित हुनुपरेको गुनासोलाई सम्बोधन गर्न यथासक्य चाडो विद्युत विस्तारको काम गर्न नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलालाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै दुरसञ्चारमा बेलाबेला आइरहने समस्याहरुको समाधान गर्न नेपाल टेलिकम दार्चुलालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले डिसिसिएमसीबाट यसअघि गरिएका निर्णयहरुको समिक्षा गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख मसान्तसम्म जिल्लाभरी लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को चेन ब्रेक गर्न दार्चुलामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाले जनाएको छ । जिल्लामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको तथा सबै स्थानीय तहमा सक्रिय संक्रमित फेला परिरहेको भन्दै वैशाख २६ गतेदेखि लागु हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको बैठकमा सहभागि स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा व्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिकंर गाउँका वासीन्दाहरुलाई लक्षित गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त कोरोना भाइरस विरुद्धको खोप उक्त वडाबाट तथ्याङ्क प्राप्त भएपश्चात यथासक्य चाडो खोप ल्याउने व्यवस्था गर्ने निर्णय गरिएको छ ।

बैठकले दार्चुलाको नेपाल भारत सीमा नाका पुलघाटबाट नेपाल प्रवेश गर्ने व्याक्तिहरुको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएका व्याक्तिहरुलाई होम आइसोलेसनमा बस्ने व्यवस्था तथा निगरानी सम्बन्धित पालिकाहरुले गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले उक्त बैठकमा जिल्लाभरी कोरोना भाइरसको संक्रमण फैलिदो अवस्थामा रहेको, मौजुदा एम्बुलेन्स कोरोना संक्रमित बोक्नमा प्रयोग भएपछि कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्स अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफुले चढ्दै आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको गाडी एम्बुलेन्स प्रयोजनका लागि प्रयोग गर्ने मौखीक घोषणा समेत गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाईरस संक्रमित बाहेकका बिरामीलाई बोक्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गरिने सिडियो जोशीले बताउनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेका निर्णयहरु हेर्नुहोस
No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?