स्वास्थ्य सुधार भइरहेको स्टाटस राखेको पाँच दिनपछि अक्सिजन नपाएर मृत्यु

दार्चुला । जिल्ला आयुर्वेदिक स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एबं बरिष्ठ कबिराज निरीक्षक लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पाँच दिन पहिले स्वास्थ्यको सुधार भइरहेको भन्दै सामाजिक सञ्जालमा स्टाटस राख्नुभएका उहाँको सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालको ११ नम्बर आईसियु बेडमा उपचाररत जोशीको शनिबार (आज) बिहान सवा ८ बजे अक्सिजन नपाएर मृत्यु भएको आफन्तले बताएका छन् ।

No description available.

झापामा भेन्टिलेटर भएको जानकारी पाएपछि परिवारले आज हेलिकोप्टरबाट झापा लैजाने तयारी गरेको भएपनि विहानै अस्पतालले मृत्यु भएको पुष्टि गरेको बताइएको छ ।

केहि दिन पहिले धनगढीमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत ४५ वर्षीय जोशी मिलनसार तथा मिजासिलो स्वभावको हुनुहुन्थ्यो ।

उपचारका लागि गत हप्ता भारतको दिल्ली जानुभएका जोशीलाई भारतबाट फर्किएपछि धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बैतडीको दोगडाकेदार गाउँपालिका स्थायी घर भएका जोशीको निधनपछि परिवार र शुभचिन्तक शोकमा डुबेका छन् ।

मृतक जोशीका श्रीमती, एक छोरा, एक छोरी रहेका छन् ।

यो पनि पढ्नुहोस ।

आयुर्वेदिक स्वास्थ केन्द्र दार्चुलाका प्रमुख जोशीको कोरोनाका कारण मृत्यु

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?