दार्चुला । दार्चुलाबाट कोरोना भाइरस संक्रमित एक महिलालाई उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ की ३८ वर्षीया कोरोना संक्रमित महिलालाई फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
दार्चुला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार उहाँमा न्युमोनियाको समस्या देखिएको छ । शरीरमा अक्सिजनको मात्रा ९१ रहेको छ ।
अहिले दार्चुला अस्पतालमा ९ जना संक्रमितहरुको उपचार भईरहेको छ । अधिकासं बिरामी घरमै आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा कोरोनाको दोस्रो लहर शुरु भए यता संक्रमण पुष्टि हुनेको संख्या ३ सय २४ पुगेको छ । भने पाँच जना संक्रमितले ज्यान गुमाएका छन् । कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलाका सबै स्थानीय तहमा संक्रमण फैलिएको छ ।
यो पनि पढ्नुहोस : दार्चुलामा ३२४ जनामा कोरोना पुष्टि, युवा उमेर समुहमा बढी संक्रमण





प्रतिक्रिया