दार्चुलामा अस्पताललाई बुझाउन अक्सिजन सिलिण्डर संकलन गर्दै प्रहरी

दार्चुला । कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन थालेको बेला जिल्ला प्रहरी कार्यालय दार्चुलाले अक्सिजन सिलिण्डर संकलन गर्न थालेको छ ।

अहिलेसम्म जिल्ला प्रहरी कार्यालय दार्चुलाले ३ थान अक्सिजन सिलिण्डर संकलन गरि शुक्रवार (आज) जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको छ ।

अस्पताललाई २ थान भरिएको र एक थान खाली गरी तीन थान सिलिण्डर बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पछि फिर्ता गर्ने गरि जिल्लास्थित विभिन्न उद्योग, सप्लायर्स, ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य संघसंस्थासँग रहेका खाली तथा भरिएका अक्सिजन सिलिण्डर संकलन गर्दै अस्पताललाई बुझाइएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अस्पतालमा अक्सिजन अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कोरोना संक्रमितको उपचारमा सहज होस भन्ने उद्धेश्यले सिलिण्डर संकलन गरेर अस्पताललाई बुझाउन थालिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) मनोहरप्रसाद भट्टले बताउनुभयो ।

दार्चुलामा अहिले कोरोनाका तीन सय बढी सक्रिय संक्रमित रहेका छन् । भने पाँच जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

No description available.

No description available.

तस्बिर : पत्रकार सुन्दरसिंह धामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?