दार्चुलामा थप ५ जनामा कोरोना पुष्टि, १० जना संक्रमण मुक्त

दार्चुला । दार्चुलामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल दार्चुला र पुलघाट नाकामा गरिएको एन्टीजेन परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पष्टि भएको हो ।

जिल्ला अस्पतालमा ४ जना र पुलघाटमा १ जनामा गरि आज थप ५ जानमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो । आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ३० पुगेको छ ।

जिल्लामा हाल सम्म ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । हिजो जिल्ला अस्पताल दार्चुलाबाट थप उपचारको लागि डडेल्धुरा रेफर गरिएकी ३८ वर्षीया एक महिलाको उपचारको क्रममा ज्यान गएको छ । अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका वडा नम्बर ५ बस्दै आउनुभएका एक महिलाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।  यो संगै दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यसअघि व्यासँ गाउँपालिकाका, नौगाड गाउँपालिका, महाकाली नगरपालिका र मार्मा गाउँपालिकाका एक÷एक जना पुरुष र शैल्यशिखरका एक महिला संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका नौँ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ ।

हालसम्म जिल्लाको अपिहिमाल गाउँपालिकामा सबै भन्दा बढी एक सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महाकाली नगरपालिकामा १ सय २ जनामा, शैल्यशिखर नगरपालिकामा ४५ जनामा, ब्याँस गाउँपालिकामा ६ जनामा, दुहुँ गाउँपालिकामा १० जनामा, मार्मा गाउँपालिकामा २७ जनामा, नौगाड गाउँपालिकामा ३ जनामा, मालिकार्जुन गाउँपालिकामा १३ जनामा र लेकम गाउँपालिकामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।

जिल्लामा कोरोना संक्रमणको कारण छ जनाको मृत्यु भइसकेको र ३९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?