नौगाडमा कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी गाउँघरमा

दार्चुला । सम्भावित कोरोना सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन नौगाड गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली गाउँघरमा पुगेको छ ।

गाउँपालिकाको छ वटै वडामा स्वास्थ्य चौकी प्रमुखहरुको नेतृत्वमा स्वास्थ्यकर्मी र ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको रेडियो लोकदर्पणका नौगाड समाचारदाता प्रकाश सिंह धामीले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाका २६ जनामा हालसम्म कोरोना पुष्टि भएको छ ।

गाउँमा बिरामी थला पर्न थालेपछि ल्याबसहितको टोली घरमै पुगेर ज्वारो आएको भए तत्काल परीक्षण गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोही अनुसारको उपचार गर्दै आएको उहाँले बताउनुभयो ।

सायद 1 व्यक्ति को तस्बिर हुनसक्छ

यसअघि दार्चुलाको अपिहिमाल गाउँपालिका र दुहुँ गाउँपालिकाले स्वास्थ्यकर्मीलाई गाउँघरमै पठाएर स्वास्थ्य सेवा दिइरहेका छन् ।

निषेधाज्ञाका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बिरामीहरुको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र परामर्श सेवा गाउँघरमै प्रवाह भइरहेको अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?