घरटोलमै स्वास्थ्य उपचार तथा परामर्श सेवा (फोटोफिचर)

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकाका स्वास्थ्यकर्मीहरु घर टोलमै पुगेर स्वास्थ्य उपचार र परामर्श सेवा दिन दिइरहेका छन् ।

मार्मा गाउँपालिका सिआइसिटी शाखाद्धारा समुदायमा रहेका बिरामीहरुको घरटोलमै पुगेर स्वास्थ्यकर्मीहरुले बिरामीको उपचार, कोभिड स्क्रिनिङ तथा परामर्श सेवा दिने काम गरिरहेको जनस्वास्थ्य अधिकृत सुजन नेपालीले जानकारी दिनुभयो । कोरोनाका सक्रिय संक्रमितहरुको होम भिजिट र फलो अप सेवा समेत प्रवाह भइरहेको उहाँले बताउनुभयो ।

मार्माका छ वटै वडामा केस इन्भेष्टिकेसन एण्ड कन्टेक्ट आइडेन्टिफिकेसन (सिआइसिआई) समुह निर्माण गरेर वडा स्तरिय केस अनुसन्धान तथा केस पहिचान गर्ने काम भइरहेको मार्मा गाउँपालिकाले जनाएको छ । गाउँमै पुगेर कोरोना संक्रमितको पहिचान, उपचार र परामर्श सेवा शुरु भएपछि स्थानीयहरुले राहात महसुस गरेको उहाँले बताउनुभयो ।

दार्चुलाको अपिहिमाल, दुहुँ र नौगाड गाउँपालिकाले समेत स्वास्थ्यकर्मीहरुलाई गाउँघरमै पठाएर संक्रमितको पहिचान, बिरामीको उपचार र स्थानीयलाई स्वास्थ्य परामर्श सेवा दिइरहेका छन् । लेकम र मालिकार्जुन गाउँपालिकामा समेत बिरामीहरुको मागको आधारमा स्वास्थ्यकर्मीहरु घरदैलोमै पुग्ने गरेको स्वास्थ्य शाखाहरुले जनाएका छन् ।

जिल्लाभरी कोरोना महामारीले सन्त्रास फैलिएको बेला गाउँगाउँमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । गाउँघरमा कोभिडको जस्तै लक्षणसहित बिरामी बढेपछि बिरामीको उपचारमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाहरुको प्रतिक्रिया छ ।

कोरोना संक्रमणको डरले उपचारका लागि स्वास्थ्य संस्था जान नसकेकालाई घरमै स्वास्थ्य उपचार र परामर्श सेवा सुरु गरिएको र संक्रमितलाई समेत मनोपरामर्श तथा उपचार सेवा प्रवाह भइरहेको छ ।

सायद 1 व्यक्ति, उभिएको, घरबाहिर तथा  'HUAWEI nova 3i DUAL CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  'HUAWEI nova 3i DUAL CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, घरबाहिर तथा  'HUAWEI nova 3i DUAL CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, बसिरहेको, घरबाहिर तथा  'HUAWEI nova 3i DUAL CAMERA' भन्ने पाठ को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, घरबाहिर तथा  '00 DUAL CAMER HUAWEI nova' भन्ने पाठ को तस्बिर हुनसक्छ

तस्बिर : मार्मा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले घरटोलमै सेवा दिदै

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?