नौगाड गाउँपालिकाबाट ४७ जनाको स्वाब संकलन गरी बैतडी पठाइयो

दार्चुला । नौगाड गाउँपालिकाले विभिन्न वडाहरुबाट ४७ जनाको स्वाब संकलन गरेको छ ।

मंगलबार गाउँपालिकाले नौगाड गाउँपालिकाको वडा नम्बर १ ,२ ३ र ५ का ४७ जनाको स्वाब संकलन गरेको गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत कृष्णसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको प्रतक्ष सम्पर्कमा रहेका तथा भारतबाट आएर होमक्वारेन्टाइनमा रहेका र कोरोना संग मिल्दोजुल्दो लक्षण भएकाहरुको स्वाब संकलन गरिएको हो ।

गाउँपालिकाले ८ जना महिला तथा ३९ जना पुरुष गरी ४७ जनाको स्वाब संकलन गरेको स्वास्थ्य शाखाले जनाएको छ।

संकलन गरिएको स्वाब परीक्षणका लागि बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

अहिलेसम्म गाउँपालिकाले ९० जना भन्दा बढिको स्वाब संकलन गरीसकेको जनाएको छ ।

नौगाड गाउँपालिकाका एक जना पुरुषको कोरोनाका कारण गोकुलेश्वर अस्पतालमा मुत्यु भएको छ ।

गाउँपालिकामा कोरोना संक्रमित थपिने क्रम जारी रहेकोले सतर्कता अपनाउन तथा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

सायद एक वा थप मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद एक वा थप मानिसहरू, रूख, हिमाल तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?