दार्चुलामा शुक्रबार ३१ जना कोरोना मुक्त, ९ जनामा संक्रमण पुष्टि

दार्चुला । दार्चुलामा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टीजेन विधिमार्फत गरिएको परिक्षणमा जिल्लाका विभिन्न स्थानीयतहका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार जिल्लाको महाकाली नगरपालिकामा ६ जनामा, मार्मा गाउँपालिकामा १ जनामा, मालिकार्जुन गाउँपालिकामा २ जनामा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ४९ पुगेको उहाँले बताउनुभयो ।

यस्तै आज थप ३१ जना कोरोना संक्रमण मुक्त भएका छन । यो संगै दार्चुलामा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ सय २७ पुगेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा १० जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?