काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण विपदमा परेका जनताको उद्धार र राहतमा खटिन कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत देउवाले यो कठिन अवस्थामा नेपाली उद्धार र राहतमा खटिन कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।
विपदमा परेका जनताको उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुका लागि आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग माग पनि गर्नुभएको छ ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङ लगायतका क्षेत्रमा बाढी पहिरो र कटानले विकराल रुप लिएको उल्लेख गर्दै देउवाले उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया