दार्चुला । दार्चुला जिल्लामा दुई बालकको होमपाइपमा अड्किएर मृत्युु भएको छ ।
महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको होमपाइपमा आज अडकिएर मृत्यु भएको हो । मंगलबार दिउँसो पौडी खेलिरहेका बेला होम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
उनीहरुको शव स्काइभेटरको प्रयोग गरि निकालिएको उहाँले बताउनुभयो।
दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको होम पाइपमा अडकिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया