काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८७ पीसीआर परीक्षणबाट १ हजार ८८९ जना र ४ हजार ३८१ एन्टिजेन परीक्षण हुँदा १ हजार ३ जना गरी कूल २ हजार ८९३ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ५९७ जना काेराेनामुक्त भएका छन् ।
मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर गरी हालसम्म ३३ हजार ५६१ जना संक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । हालसम्म काेराेन संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९ हजार ११२ पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया