मन्त्री धामीद्धारा बाढी पिडितहरुसंग भेटघाट र आर्थिक सहयोग (फोटोफिचर)

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर धामी (सन्तोष) नेतृत्वको टोलीले नौगाड गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै बाढी पिडिहरुसंग भेटघाट गरेको छ ।

मन्त्री धामी सहित जिल्ला सनन्वय समिती दार्चुलाका उपप्रमुख कृष्णसिंह धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी लगायतको टोलीले बाढी पिडितहरुलाई भेटेर राहात र सान्वना प्रदान गरेको हो । मन्त्री धामीले बाढीका कारण ज्यान र घरबास गुमाएका केहि परिवारलाई आर्थिक सहयोग समेत गर्नुभएको उहाँका स्वकिय सचिव रामदत्त जोशीले बताउनुभयो ।

मन्त्री धामी नेतृत्वको टोलीले बुधबार नौगाड गाउँपालिकाको बाढी पिडित क्षेत्रहरुमा स्थलगत अनुगमन गर्नुका साथै नौगाड गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरुसंग राहत, पुनस्थापना र पुनर्निर्माण गर्ने सम्बन्धमा गहन छलफल भएको नौगाड गाउँपालिकाका कर्मचारी नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

मार्मा गाउँपालिकाको तर्फबाट अध्यक्ष जमन सिह धामीले नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीलाई बाढी पिडितहरुका लागि पचास हजार रुपैँयाको चेक हस्तान्तरण गरेको ठगुन्नाले बताउनुभयो ।

नौगाड गाउँपालिकाले मन्त्री धामी नेतृत्वको टोलीलाई स्वागत गरेको छ । निरीक्षण टोलीमा सहभागि पत्रकार हरिप्रसाद जोशीका अनुसार गाउँपालिकामा बाढी पहिरो पिडितहरुको राहात, पुनस्थापना र पुननिर्माणका विषयमा छलफल भएको छ । गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षता तथा मन्त्री मान बहादुर धामीको प्रमुख आतिथ्यता रहेको छलफल कार्यक्रममा नौगाड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम सिंह ठगुन्नाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

माओवादी केन्द्रका नौगाड गाउँ कमिटी अध्यक्ष धनिराम ठगुन्नाले बाढि पहिरो जोखिम न्युनिकरण गर्न उद्योग पर्यटन वन तथा वातावरण मन्त्री धामीलाई प्रतिवेदन तथा ज्ञापन पत्र बुझाएको उहाँले बताउनुभयो ।

No description available.

सायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  'POCO SHOT ON POCO X2' भन्ने पाठ को तस्बिर हुनसक्छ

No description available.

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

सायद उभिएको, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद रूख, प्रकृति तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद रूख, प्रकृति, हिमाल तथा  आकाश को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?