देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाण्डौ नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज शुक्रवार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूको मात्र उपस्थिति रहेको थियो ।

एमालेका माधवकुमार नेपाल समूहको कार्यदल सदस्यहरूले बैठकलाई रोक्न माग गरेका थिए । साथै उनीहरूले यसअघि भएको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न पनि आग्रह गरेका थिए । बैठकपछि पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका सबै प्रतिनिधि सभा सदस्यलाई निर्णयको पालना गर्न निर्देशन दिएको बताउनुभयो । साथै उहाँले अदालतको आदेश बमोजिम विश्वासको मतमा मतदान गर्ने र नगर्ने निर्णय व्यक्तिगत हुने समेत बताउनुभयो ।

बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?