तेजसिंहले भेटेको एक तोला सुन इप्रका गोकुलेश्वरले मनिसालाई बुझायो

दार्चुला । दार्चुलामा जीप चालकले भेटेको एक तोला सुन सम्बन्धित सुन धनीलाई बुझाइएको छ । गोकुलेश्वरबाट बगौरासम्म जाने क्रममा म १ ज १२८ नम्बरको जीपमा यात्री मनिसा साउदको अन्दाजी १ तोला बराबरको सुनको गहना खसेको अवस्थामा फेला पारी जीप चालक दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काँडापारी बस्ने ३९ वर्षीय तेज सिंह धामीले इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई बुझाएको थियो ।

तेजसिहले जीपमा भेटेको सुन इलाका प्रहरी कार्यालयमा सुन बुझाएपश्चात कार्यालयबाट खोज तलास गर्दा उक्त सुनको गहना बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ कपल्टा बस्ने २० वर्षीया मनिसा साउँदको रहेको भनि खुल्न आएपछि मनिसालाई सुन बुझाइएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । मंगलबार मनिसालाई इप्रका गोकुलेश्वरमा बोलाएर उक्त सुनको गहना सम्बन्धित धनी मनिसा साउँदलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?