कविता: उत्तरविहिन प्रश्नहरु?
कहिले बिहानै याद आउन्छ, कहिले साँझ याद आउन्छ,
कहिलेकाही त यति धेरै याद आउन्छ ऎना हेर्यो भने
तिमी नै तिमी देख्छु त्यति धेरै याद आउन्छ
तिमिले छोडेर गएपनी, तिमी आउने आशा पलाएर आउन्छ,
 
सबै चिज बिर्सिए साथीभाइ, सरसंगी,घुमघाम सबैसबै,
नबिर्सिएको चिज छ भने फेसबुकमा रहेको तिम्रो प्रोफाईल
अनि मेसेज छ कि भनी घरीघरी चेक गर्नु,
सेन्ड भएका दर्जनौं मेसेजहरु सिन अनि रिप्लाई आउन्छ, भनेर तर,
कहिल्यै सिन अनि रिप्लाई आउन्न, कहिलेकाही सोच्छु रिप्लाई नआउने मेसेज किन पठाउ
अनि डिलिट गर्दै नबसेको पनि होइन आशा र पर्खाइ मरणासन्न अवस्थामा
पुग्छ जीन्दगी स्वादहिन लाग्दो रैछ….
 
प्रिय … असहय पीडा भैरहेको छ,
तिम्रो मेसेजको रिप्लाई पर्खिदाको भन्दा, कयौं गुना….
धोखेबाजको संज्ञा दिन मन लाग्छ, कहिलेकाही,
तर फेरि सोच्छु, पाउनु मात्र माया होईन….
अनि सान्त्वनाको मलम पट्टी लगाउदै, आफ्नो डाक्टर आफै बन्छु,
 
तिमिले दिएको अनुपम उपहारले एक्लै हास्न थालेकिछु,
तिमिसंगका गुनासोहरु कम हुँदै गएका छन्न,
म ज्ञानी भएको छु, समझदार भएको छु,
सायद समय नै पीडा र ओखती दुबै हो,
 
तिमिसंग नबोली राती सुत्न सक्दैन भन्ने तिमी कसरी सुतिराखेको छै ?
यतिका लामो समय कि त्यता रातिनै परेको छैन,
कि कसैको तन, मन, धनको मालिक भएर बसेको छौ?
किन फेरियो नयाँ नम्बर ? किन फेरियो फेसबुक आइडी ?
किन दिईनौ नयाँ नम्बर र आईडी ? किन खुलाएनौ स्पष्ट मेसेज?
कहाँ थन्कायौ ती वाचा र कसम ? किन गुमनाम बस्न चाहान्छौँ ?
कसरि छोड्यो रगताम्य पारेर….. ? भनन प्रिय ……
 
मनिषा बिष्ट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?