दार्चुला । नेकपा (माओबादी केन्द्र) मार्मा गाउँकमिटी दार्चुलाको बैठक सम्पन्न भएको छ । गाउँकमिटी अध्यक्ष नरबहादुर विष्टको अध्यक्षता एबं गाउँकमिटी इन्चार्ज धिरेन्द्र धामीको प्रमुख आतिथ्यतामा बसेको बैठकले असोज १८ गतेभित्र गाउँपालिका भित्रका सदस्यहरूको सदस्यता नबिकरण गरिसक्ने निर्णय गरेको छ ।

त्यसैगरी कार्यक्रममा नेकपा एमाले मार्माका नेता विसन सिह बिष्टको नेतृत्वमा एक दर्जन बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टले बताउनुभयो । आइतबार अपिहिमाल गाउँपालिकामा समेत एमाले र कांग्रेश परित्याग गरि ५० जना कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरिएको दाबी गरिएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया