एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा, चुनावमा एकल बहुमत ल्याउने संकल्प, यस्तो छ रणनीति

दार्चुला । दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गर्दै नेकपा एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । एमालेको महाधिवेशन मंसिर तेस्रो साता तोकिएको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गर्नुभएको हो । अबको एमालेको अभियान सबै तहका अधिवेशनहरु सम्पन्न गरेर दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने र आगामी तीनै तहका निर्वाचनमा पार्टीको बहुमत ल्याउनेमा केन्द्रित रहने निर्णय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यस्तै नेकपा एमालेले १५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग बनाएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय आयोग सर्वसम्मत चयन गरेको हो । आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा. कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व स्थापित नहोस् र झगडा होस् भन्ने सोचेर व्यक्तिको देवत्वकरणको हल्ला चलाइएको टिप्पणी गर्नुभएको छ । विधान महाधिवेशन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा कसेको देवत्वकरण नभएको भन्दै नेतृत्वको वरिपरि सबै गोलबन्द भएको बताउनुभयो । ओलीले भन्नुभयो, ‘मलाई पार्टीको अगुवा र प्रिय साथीको रूपमा जनविश्वास दिनुभएको छ एक थोपो पनि तलमाथि हुन दिने छैन । एमालेलाई बहुमतमा पुर्‍याएर मधुकैटवले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा स्थापित गर्नेछु ।’ ओलीले नास्यत बहुनायक भन्ने संस्कृत श्लोक सुनाउँदै नायकै नायकको बीचमा आफू नेतृत्वमा स्थापित भएको बताउनुभयो।

विगतमा पनि मदन भण्डारीमाथि यस्तै प्रहार हुने गरेको र पुष्पलाललाई महाधिवेशन गर्न समेत नदिइएको भन्दै ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको बताउनुभयो । अहिले विरोधीहरू मुख्यतः दुई कुराले चिन्तित छन्, ओलीले भन्नुभयो, एउटा म बाँचिरहेकोमा चिन्तित छन् । अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर चिन्तित छन् । म किड्नी फेरेर पनि बाँचिरहेकोमा उनीहरूलाई चिन्ता छ । म बाँचे त मेरो के दोष ?

सम्बन्धित समाचार: एमालेको लोगो परिमार्जन, वरिष्ठ उपाध्यक्ष थपियो, केन्द्रीय कमिटी २२५ सदस्यीय, १५ पदाधिकारी

सम्बन्धित समाचार: व्यास गाउँपालिका–५ का वडाअध्यक्ष मंगलसिह धामी कांग्रेश परित्याग गरि एमाले प्रवेश

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?