दार्चुला । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, रजिष्ट्रार अधिकारीको कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीको आयोजनामा दार्चुलाको गोकुलेश्वरमा सहकारी नेतृत्व विकास तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । रजिष्ट्रार अधिकारी कार्यालयका रजिष्ट्रार गोकुल प्रसाद बोहराको अध्यक्षतामा शुक्रबार उद्धघाटन भएको कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
तालिममा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाका गरि ३० जना भन्दा बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया