खलंगाको जुवाखालमा १२ जुवाडेसहित प्रहरीले के के फेला पार्यो ?

दार्चुला । दार्चुला सदरमुकाम खलंगाको तिकंरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा प्रहरीले छापा हानेपछि ठूलो रकमसहित १२ जना जुवाडे पक्राउ परेका छन् । जुवाखालमा १२ जना जुवाडे, २ लाख ३७ हजार ३९७ रुपैँया, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान फेला परेको प्रहरीले जनाएको छ ।

घरभित्र जुवा खेल भइरहेको सूचनाको आधारमा छापा हान्दा जनप्रतिनिधिसहितका जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले दशै तिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हानेको हो । पक्राउ परेकाहरुको नाम अहिलेसम्म प्रहरीले खुलाएको छैन् । प्राप्त सूचना अनुसार जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको बताइएको छ । प्रहरी अधिकारीहरुलाई पक्राउ परेका जुवाडेहरुको परिचय खुलाउन अनुरोध गर्दा जुवाडेहरुले आफ्नो बेइज्जत हुने भन्दै नाम गलत बताउन सक्ने भएकोले नागरिकतासंग नाम र उमेर जुधाएर (टेलि गरेर) वास्तविक परिचय जानकारी भएपछि मात्रै सार्वजनिक गर्न सकिने जवाफ प्राप्त भएको छ । 

दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवाखेल हुने गरेको छ । प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको र विस्वस्त सूचनाको आधारमा आइतबार छापा हानेको बताइएको छ । जुवाडेहरुसंग सोधपुछ तथा अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ । स्रोतका अनुसार खलंगा बजारको अन्य घर र पशलहरुमा समेत जुवाखेल हुनेगरेको छ ।

सम्बन्धित समाचार: दार्चुलामा साढे दुई लाख रकमसहित १२ जुवाडे पक्राउ

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?