दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (आज) सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा आउनलाग्नुभएको छ । बाढी पहिरोले सुदूरपश्चिममा गरेको क्षति निरीक्षणका लागि प्रधानमन्त्री आउनलाग्नुभएको हो । प्रधानमन्त्री देउवासंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि सुदूरपश्चिम आउने बताइएको छ ।
प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने छन्। कांग्रेस नेता एनपी साउद र रमेश लेखकसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम निरीक्षणका लागि आउने इच्छा देखाउनुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया